फागुन १९,
२०७७,काभ्रे/

दुलालेश्वर वातावरणीय तथा समाजसेवा क्लवको आयोजना तथा भुम्लु गाउँपालिकाको मुख्य प्रवद्र्धनमा अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता दोलालघाटमा हुने भएको छ । आज धुलिखेलमा पत्रकार सम्मेलन मार्फत आगमी फागुन २९ गतेबाट अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिता हुन लागेको आयोजकले जानकारी दिएको छ ।

क्लवका अध्यक्ष अष्ट श्रेष्ठले खेलकुद विकासका लागि उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिए । उनका अनुसार प्रतियोगितामा राष्ट्रिय देखी जिल्ला स्तरका क्लवहरुले सहभागिता रहने छ । प्रतियोगितामा विजयी हुने टिमले नगद एक लाख र उपविजेता टिमले ५० हजार नगद पाउने छन । उक्त फुटबल प्रतियोगितामा २० देखी २५ टिमको सहभागिता रहने अपेक्षा आयोजकको छ । १० लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा गाउँपालिकाले चार लाख सहयोग उपलब्ध गराएको छ । खेल नकाउट चरणमा खेलमा बी डिभिजनमा आबद्ध क्लव तथा खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ । टिम दर्ताका लागि पाँच हजार लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

Facebook Comments Box