फागुन १९,
२०७७,काभ्रे/

बहुबिवाह गरी फरार भएका एक जना फरार प्रथिवादिलाई जिल्ल प्ररी कार्यलय काभ्रेले पक्राउ गरेको छ ।

काभ्रे पात्लेखेत ४ हाल धुलिखेल नगरपालीका वडा नं ११ बस्ने बोध वहादुर भुजेलको श्रीमती रजनी भुजेल विष्टलाई प्रहरीले पक्राऊ गरी कारबाही प्रक्रिया अगाडी बढाएको छ ।

विष्टलाई भक्तपुर जिल्ला अदालत भक्तपुरले ११ महिना १७ दिन कैद फैसला सुनाएको थियो । सोहि आधारमा काभ्रेपलाञ्चोक जिल्ला रोशी गा.पा. वडा नं. ११ स्थितबाट लुकीछिपी बसीरहेको अवस्थामा फेला पारी तत्काल कानुन बमोजिम पक्राउ गरी कैद तथाजरिवाना बेरुजु फर्छौटको लागि जिल्ला अदालत काभ्रेमा बुझाईएको कार्यलयले जनाएको छ ।

Facebook Comments Box