रोशी सहकर्मी–मंसिर ०४,
रोशी गाँउपालिका/

जिल्लाको रोशी गाँउपालिकामा अपाङ्गता परिचय पत्र लिन छुट भएका व्यक्तिहरुलाई पुनः १ दिने शिविर संचालन गरि वितरण गरीने भएको छ । गाँउपालीका अध्यक्ष डि.बि.लामाको अध्यक्षतामा बसेको ३७ औँ कार्यपालिका बैठकले मंसिर १७ गते गाउँपालिका परिसरमा परिचय पत्र वितरण गर्ने निर्णय गरेको हो ।
रोशी गाँउपालिकाले शेभ द चिल्ड्रेनको सहयोग र नाङशाल एशोसिएसन नेपालको सहयोगमा कार्तिक २० गतेबाट मंसिर १ गतेसम्म गाँउपालिका भरीका १२ वटा वडामा अपाङ्गता परिचय पत्र वितरण गरिएको थियो । त्यस्तै आजको बैठकले प्राथमिक शिक्षक दरबन्दी मिलान तथा पदस्थापन कार्य गाउँ शिक्षा समितीको निर्णय अनुसार गर्ने पनि निर्णय गरेको छ । ढुंगा गिट्टिको टेन्डर १५ दिन म्याद थप गरी रु ४ करोड ९४ लाख, १३ हजार ५ सय १६ मा आवहान गरिएको छ । सोही अवसरमा गाउँपालिकाको जानकारी मूलक पुस्तक प्रकाशन गर्ने पनि सहमति भएको छ । वडा नं ७ का वडा अध्यक्ष पोष्ट राज गौतमलाई ब्लु शाइन क्रसर उद्योगमा उत्पादित ढुंगा, गिट्टिको कर उठाउनको लागि जिम्मा दिने निर्णय गरिएको रोशी गाउपालिका प्रवत्ता पदम बहादुर लामाले जानकारी दिएका छन् ।

Facebook Comments