फागुन २१,
२०७७,काभ्रे/

काभ्रेको पनौती नगरपालिकाले तीन हजार १२२ जना जेष्ठ नागरिकलाई कोरोना खोप लगाउने भएको छ । नगर समितिको बैठकले नगरभित्रका ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई फागुन २३ देखी २९ गते सम्म खोप लगाउने जानकारी दिएको थियो । नगर स्वास्थ्य शाखाका प्रमुख पुरुषोत्तम तिमल्सिनाले ११ खोप केन्द्र मार्फत कोरोनाको खोप लगाइने जानकारी दिए । उनका अनुसार २३ गते रयाले स्वास्थ्य चौकी र कुशादेवी स्वास्थ्य चौकीमा वडा न १, २ र ३ का जेष्ठ नागरिकलाई खोप लगाइने छ । त्यस्तै फागुन २४ गते वडा न १० को खोपासी स्वास्थ्य चौकी र वडा न ११ को बल्थली स्वास्थ्य चौकी मार्फत खोप लगाइने छ ।

फागुन २५ गते वडा न ९ को सुन्थान प्राथमिक स्वास्थ्य चौकी, २६ गते वडा न ५ को सुब्बागाँउ स्वास्थ्य चौकी र वडा न १२ को भुमिडाँडा स्वास्थ्य चौकी, २७ गते वडा न ८ को मल्पी स्वास्थ्य चौकी र वडा न ४ को टौखाल स्वास्थ्य चौकी तोकिएको छ । २८ गते वडा न ७ को पनौती स्वास्थ्य चौकी र २९ गते सबै वडाका बाँकी रहेका जेष्ठ नागरिकलाई पनौती स्वास्थ्य चौकीमा खोप लगाउने गरि व्यवस्था मिलाइएको स्वास्थ्य प्रमुख तिमल्सिनाले बताए ।

Facebook Comments Box