फागुन २३,
२०७७,काभ्रे/

केन्द्रीय लोक सेवा आयोगको आयोजनमा लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन काभ्रेको धुलिखेलमा आजबाट सुरु हुँदै छ । धुलिखेलस्थित एक होटलमा आयोजित सम्मेलन दुई दिनसम्म चल्ने छ ।

सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच–पाँच जनाको प्रतिनिधित्व छ । राष्ट्रिय सम्मेलनमा प्रदेश र केन्द्रीय लोक सेवा आयोगसमेत गरी करिब ५० जनाको सहभागीता रहने छ । सम्मेलनमा केन्द्रीय लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने केन्द्रीय लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । सम्मेलनको उपलब्धी भोलि धुलिखेलमै पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने पनि उनले बताए ।

गण्डकी र सुदूरपश्चिम प्रदेशबाहेक सबै प्रदेशमा लोक सेवा आयोग गठन भइसकेको छ ।

Facebook Comments Box