फागुन २३,
२०७७,काभ्रे/

आज (आइतबार) बाट मुलुक भर ६५ बर्ष माथिका जेष्ठ नागरिकलाई कोरोना बिरुद्धको खोप अभियान सुरु हुने भएको छ । दोस्रो चरणको खोप अभियान अन्र्तगत नेपाल सरकारले प्रत्येक पालिकाका वडा वडामा उक्त खोप अभियान सञ्चालन गर्न लागेको हो ।

यसै अन्र्तगत काभ्रेको रोशी गाउँपालिकामा पनि कोरोना बिरुद्धको खोप लगाउने सम्पूर्ण तयारी पुरा भएको छ । गाउँपालिकाले फागुन २३ गतेदेखी २९ गते सम्म सात खोप केन्द्रमा मार्फत दुई हजार ३७८ जना जेष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ ।

रोशी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख गंगालाल श्रेष्ठले १२ वडाका नागरिकलाई सात खोप केन्द्र मार्फत खोप दिने व्यवस्था मिलाएको बताउनुभयो । उहाँका अनुसार फागुन २३ गते वडा न १, २ र ३ का ६५७ जेष्ठ नागरिकलाई रोशी अस्थायी अस्पताल खहरेपाँगुमा खोप लगाउने व्यवस्था मिलाइएको छ । त्यस्तै फागुन २४ गते वडा न ४ का जेष्ठ नागरिकलाई महादेवटार स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था मिलाइएको छ । उक्त वडामा १३८ जेष्ठ नागरिक रहेका छन । फागुन २५ गते वडा न ५ को सिसाखानी स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था मिलाइएको छ । उक्त वडामा १७२ जेष्ठ नागरिक रहेका छन । फागुन २६ गते वडा न ६ मा खोप लगाइने स्वास्थ्य शाखाले जनाएको छ । उक्त वडाको सिपाली स्वास्थ्य चौकीमा १९८ जेष्ठ नागरिकलाई खोप लगाइने छ ।

रोशी गाउँपालिकाको वडा न ७ र ८ का जेष्ठ नागरिकलाई फागुन २७ गते कटुन्जे स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था मिलाइएको छ । उक्त खोप केन्द्रमा ३०३ जेष्ठ नागरिकले खोप लगाउने छन । फागुन २८ गते वडा न ९ र १० का जेष्ठ नागरिकले खोप लगाउने छन । मंगलटार स्वास्थ्य चौकीमा हुने खोप कार्यक्रममा ५४३ जना जेष्ठ नागरिक रहेका छन । वडा न ११ र १२ को भीमखोरी स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएको छ । फागुन २९ गते उक्त दुई वडाका ३६७ जनालाई खोप लगाइने स्वास्थ्य शाखाले जानकारी दिएको छ । आजबाट हुने खोप अभियानको गाउँपालिका अध्यक्ष डीबी लामाले रोशी अस्थायी अस्पताल खहरेपाँगुमा एक कार्यक्रममा बीच बिहान १० बजे शुभारम्भ गर्नुहुने छ । खोप अभियान प्रत्येक दिन बिहान १० बजेदेखी ३ बजेसम्म हुने छ ।

१२५ बराबर एक स्वास्थ्यकर्मी परिचालनः
रोशी गाउँपालिकाले एक स्वास्थ्यकर्मीले १२५ जेष्ठ नागरिकलाई खोप लगाउने व्यवस्था मिलाएको छ । स्वास्थ्य शाखाका प्रमुख श्रेष्ठ अनुसार गाउँपालिकाले ५५ बर्ष माथिका नागरिकलाई खोप दिनका लागि ४० स्वास्थ्यकर्मी र १२० स्वयम्सेवकलाई तालिम दिएको थियो तर नेपाल सरकारपछि ६५ बर्ष माथिका लाई मात्र खोप दिने व्यवस्था मिलाएपछि त्यो संख्या घट्ेकोले सोही अनुसार व्यवस्था मिलाएको छ । गाउँपालिकाले १२५ जना जेष्ठ नागरिक बराबर एक स्वास्थ्यकर्मी र तीन स्वयमसेवक व्यवस्था मिलाएको छ ।

सबैलाई खोपमा सहभागि हुन गाउँपालिका अध्यक्ष लामाको आह्वानः
रोशी गाउँपालिका अध्यक्ष डीबी लामाले ६५ बर्ष माथिका सबै जेष्ठ नागरिकलाई आज (फागुन २३ गते ) बाट हुने कोरोना बिरुद्धको खोप अभियानमा सहभागिता जनाउन आह्वान गर्नुभएको छ । कोभिड १९, रोग विरुद्धको खोप अभियानको पालिका स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम उहाँले ढुक्कसँग खोप लगाउन आह्वान गर्नुभयो ।

उक्त अभिमुखीकरण कार्यक्रममा कोभिड–१९ रोगकोे परिचय, अवस्था र यसको रोकथाम तथा नियन्त्रण ,खोप अभियानको औचित्य र सञ्चालन प्रक्रिया, संचालन हुने क्रियाकलापहरू, खोप समन्वय समितिको भूमिका, स्थानिय श्रोत परिचालन र जिम्मेवारीबारे छलफल भएको स्वास्थ्य शाखाका प्रमुख गंगालाल श्रेष्ठले बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष लक्ष्मी कुमारी वर्तौला, प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल लगायतको सहभागिता रहेको थियो ।

रोशी गाउँपालिकाले २०७५ सालमा गरेको सर्भे अनुसार ६५ बर्ष माथिका जेष्ठ नागरिकको वडा अनुसारको संख्या:

वडा नंलाभान्वित हुने संख्याखोप संचालन हुने केन्द्रफागुन
२८२रोशी अस्थायी अस्पताल खहरेपाँगु २३ गते
१५२रोशी अस्थायी अस्पताल खहरेपाँगु२३ गते
२२३रोशी अस्थायी अस्पताल खहरेपाँगु२३ गते
१३८महादेवटार स्वास्थ्य चौकी २४ गते
१७२सिसाखानी स्वास्थ्य चौकी २५ गते
१९८सिपाली स्वास्थ्य चौकी २६ गते
१६०कटुन्जे स्वास्थ्य चौकी २७ गते
१४३कटुन्जे स्वास्थ्य चौकी२७ गते
३४८मंगलटार स्वास्थ्य चौकी २८ गते
१० १९५मंगलटार स्वास्थ्य चौकी२८ गते
११२४१भीमखोरी स्वास्थ्य चौकी २९ गते
१२१२६भीमखोरी स्वास्थ्य चौकी२९ गते
श्रोत: रोशी गाउँपालिका स्वास्थ्य शाखा
Facebook Comments Box