रोशी सहकर्मी–मंसिर ०५,
भकुण्डे/

दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने मुल नाराका साथ सामुदायिक मेलमिलाप सम्बन्धि न्यायीक समिति र सरोकारवालाहरु सँगको समन्वय बैठक काभ्रेको भकुण्डेवेशीमा सम्पन्न भएको छ । Australian Aid The asia foundation को सवलिकरण, नमोबुद्ध नगरपालिका, रोशी गाँउपालिका, तेमाल गाँउपालिका र महाभारत गाँउपालिकाको समन्वयमा सम्पन्न कार्यक्रमको प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले आयोजना गरेको थियो । कार्यक्रममा ३ स्थानिय तहका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजकहरु, ४ स्थानीय तहका सामुदायिक मेलमिलापकर्ताहरु बिच अन्तरक्र्रिया भएको थियो ।
कार्यक्रममा मेलमिलाप संयोजकहरुले आफुले भोग्ने गरेको समस्याहरु सुनाउँदै पारदर्शी, निस्पक्ष तवरले न्याय दिन निरन्तर लागी परेको बताए । उनिहरुले जनप्रतिनिधि सँगको समन्वयको अभावले थप समस्या झेल्नुपरेको पनि सुनाए । सामान्य विवादमा पनि प्रहरीमा जाने परिपाटि अन्त्य गर्न वडामानै सामुदायिक मेलमिलाप कर्ताहरु छन् भन्ने सोचको विकाश गराउनु पर्नेमा जोड दिए । प्रविधिको गलत प्रयोग, गलत संस्कारका कारण नै हिंसा र अपराध हुने हुँदा सहि सदुपयोग गर्नुपर्ने बताए । त्यस्तै रोशी गाँउपालिका सामुदायिक मेलमिलाप संयोजक बविता बोहाराले बस्ने ठाँउ र फर्निचरको अभाव भएको सुनाईन् । यस अघि प्राकृतिक स्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालले तेमाल गाँउपालिकाको वडा नं ३ लाई उत्कृष्ट मेलमिलाप केन्द्र भनि सम्मान पनि गरिसकेको छ ।
कार्यक्रममा तेमाल गाँउपालिका उपाध्यक्ष दुर्गामाया तामाङले सवाल, सुझाव र समस्यालाई एक आपसमा राख्ने अवसर प्रदान गर्ने संस्थालाई धन्यवाद दिँदै आगामी दिनमा सम्पुर्ण न्यायीक समिति र मेलमिलापकर्ताहरु बिच सुकधुर सम्बन्ध कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । त्यस्तै रोशी गाँउपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला, नमोबुद्ध नगरपालिका, रोशी गाँउपालिका, तेमाल गाँउपालिकाका वडा अध्यक्षहरु मेलमिलाप संयोजकहरु, मेलमिलापकर्ताहरु, भकुण्डे र कटुञ्जे प्रहरीचौकीका प्रतिनिधिहरुले मन्तव्य राखेका थिए ।
नमोबुद्ध नगरपालिका उपप्रमुख राम देवि तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशिक्षक गिता शिलवालले स्वागत मन्तव्य राखेकि थिईन् भने सञ्जय न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

Facebook Comments