रोशी सहकर्मी–मंसिर ०५,
तेमाल/

जिल्लाको तेमाल गाँउपालिकामा प्रधानाध्यापक र शिक्षकहरुका लागि स्वतः उत्प्रेरणा, जागरण, शिल निर्माण र सहज शिक्षण विधि सम्बन्धि तालिम भईरहेकोे छ । हामी सबैको प्रण, सार्वजनिक शिक्षा प्रणालीको सबलिकरन भन्ने मुल नाराका साथ भएको कार्यक्रम तेमाल गाँउपालिकाको बार्षिक कार्यक्रम अन्तर्गत चारवटा समुहमा बिभाजन गरी ५ दिने तालिम संचालन भईरहेको हो । तेमाल गाँउपालिकाका शिक्षकहरु सम्मिलित यस तालिमको पहिलो सत्रमा वडा नम्बर ५ र ७ का २६ जना शिक्षकहरुको उपस्थित रहेको छ । कार्यक्रमबाट शिक्षकको पेशागत व्यवसायिकता सञ्चालनका लागि स्वः उत्प्रेरणा जागरण गर्ने, विधार्थिको सिकाई प्रकृयामा सहजिकरण गर्न नयाँ दृष्टिकोण विकास गर्ने उद्देश्यले संचालन गरिएको गाँउपालिका उपाध्यक्ष दुर्गा माया तामाङले बताईन् ।
मंसिर ३ गतेबाट संचालन भइरहेको पहिलो सत्रको कार्यक्रम ७ गते समापन हुने र क्रमसः ७ गते देखि ११ गते सम्म वडा नं ३, ४ र ६ का शिक्षकहरुसँग, त्यस्तै ११ गते देखि १५ गते सम्म वडा नं २ र ४ का शिक्षकहरुसँग र १५ गते देखि १९ गते सम्म वडा नं २, ३ र ४ का शिक्षकहरुसँग चौथो सत्रको तालिम समाप्ती सँगै कार्यक्रम सम्पन्न हुने गाँउपालिका उपाध्यक्ष तामाङले जानकारी दिईन् ।
कार्यक्रमको उद्धघाटन तेमाल गाँउपालिका अध्यक्ष सलाम सिं तामाङले गरेका थिए भने उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशसकिया अधिकृत लक्ष्मण कुईकेल, लगायतका व्यक्तिहरुको उपस्थित रहेको थियो । तालिममा माध्यमिक तहमा शिक्षण गर्ने शिक्षक १ जना, निम्न माध्यमिक तहमा शिक्षण गर्ने शिक्षक १ जना र प्राथमिक तहमा शिक्षण गर्ने शिक्षक १ जना को सहभागिता रहेको छ । ३ गतेबाट सुरु भएको कार्यक्रम १९ गते समापन हुनेछ ।

Facebook Comments Box