फागुन २६,
२०७७,काभ्रे/

नेपाली सेनाले काभ्रेको धुलिखेल पनौती एकीकरण मार्ग पदयात्रा सञ्चालन गर्ने भएको छ । शनिबार प्रधानसेनापति पूर्णचन्द्र थापाले पदयात्राको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनएको छ । नेपाली सेनाको इतिहास प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्राको आयोजना गर्न लागिएको जनाएको छ । काभ्रेको धुलिखेलबाट पनौतीसम्म १० किलोमिटर पदयात्रा सञ्चालन गरिनेछ । यसमा सेनाको टोलीसँगै सरकारी तथा गैर सरकारी कर्मचारी, समाजसेवी र स्थानीय वासिन्दाको सहभागिता रहने जनाएको छ ।

नेपाली सेनाले नेपाल एकीकरणका दौरान जिल्लामा अवस्थित गढी, किल्ला, कोट, दरबार तथा प्रयोग गरिएको बाटोको प्रवर्धन गरी ‘ट्रेकिङ ट्रेल’का रुपमा विकसित गर्ने योजना बनाएको छ । यसका लागि छ वटा पदमार्ग पहिचान गरिएको छ । धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विसं १८०३ देखि १८२० सम्म काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्ला एकीकरण अभियानमा प्रयोग गरिएका विभिन्न पदमार्ग पहिचान गरिने छ ।

गत साल धुलिखेलस्थित तत्कालीन विष्णुदल गणको ‘भ्रमण वर्ष–२०२०’ लक्षित ‘यूनिफिकेशन ट्रेकिङ ट्रेल प्रवर्धन योजना तथा पदयात्रा कार्यक्रम कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोकिएको थियो । विष्णुदल गणले एकीकरण पदमार्ग पहिचान संरक्षण, सम्वर्धन र सैनिक इतिहास प्रवर्धन गर्ने उद्देश्यले छ वटा पदमार्ग पहिचान गरेको थियो ।

Facebook Comments Box