रोशी सहकर्मी–मंसिर ०५,
भकुण्डे/

नमोबुद्ध नगरपालिकामा पहुँच परियोजना अन्तर्गत नगर स्तरीय बाल संरक्षण समिति र वडा स्तरीय बाल संरक्षण समितिको २ दिने तालिम सम्पन्न भएको छ । नाङशाल एशोसिएसन नेपालको आयोजनामा सेभ द चिल्ड्रेनको सहयोग र नमोबुद्ध नगरपालिका साथै सिविस नेपालको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा नमोबुद्ध नगरभित्रका बाल संरक्षण समिति र वडा स्तरीय बाल संरक्षण समितिका गरी २७ जनाको सहभागिता रहेको कार्यक्रम संयोजक बिमला सापकोटाले जानकारी दिईन् ।
दुई दिनको तालिममा बाल संरक्षण, बाल अधिकार, नगर भित्रका बालबालिकाकको अवस्थाबारे केन्द्रित रहेको थियो । त्यस्तै बालमैत्री नगर बनाउन कस्तो योजना निर्माण गर्न सकिन्छ र त्यसमा बाल संरक्षण समितिको भूमिका के हुन्छ भन्नेमा अन्तरक्र्रिया भएको थियो ।
कार्यक्रममा नाङशाल एशोसिएसन नेपालका कार्यकारी निर्देशक गुणराज मुक्तान, नमोबुद्ध नगरपालिका शिक्षा शाखा प्रमुख जनार्जन रिजाल, स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र काजी श्रेष्ठ, सामाजिक शाखा संयोजक श्याम खनालको उपस्थिती रहेको थियो । तालिम अवधि भर हिम्मत सिं लेकालीले सहजिकरण गरेका थिए ।

Facebook Comments