फागुन २७,
२०७७,काभ्रे/

जिल्लाको बनेपामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काभ्रेले जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ । सर्वोच्चले साविककै पार्टी कायम गरेपश्चात् पार्टी कार्यालय विहीन बनेको माओवादी केन्द्रले जिल्लाको बनेपा–८ स्थित परिवार नियोजन चोकमा पार्टी कार्यालय स्थापना गरेको हो ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि माओवादी केन्द्रले पार्टी कार्यालय स्थापना गरिएको हो । पार्टी कार्यालयको साविक माओवादी केन्द्रकी जिल्ला संयोजक रुकु चौलागाईंले गरेकि थिईन् ।

पार्टी कार्यालय सञ्चालनमा आएसँगै अब नेकपा माओवादी केन्द्र, काभ्रेको नियमित काम कारबाही सोही कार्यालयबाट सुचारु हुने जनाइएको छ । माओवादी केन्द्र काभ्रेका नेता तथा कार्यकर्ताले पार्टी कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बोर्डसँगै झण्डा समेत राखेका छन् । कार्यालयमा पार्टीको बोर्ड राख्न संयोजक चौलागाईं, संविधानसभा सदस्य तेजबहादुर मिजार, कार्यालय सदस्य छिन्ताङ, अनुशील, ज्वाला लामा, कल्पना लामा, मीना तामाङ (अनु), होमबहादुर खुलाल, अविरल जिम्बालगायत नेता तथा कार्यकर्ताहरु पुगेका थिए ।

पार्टी एकताको समयमा बनेपा–५ स्थित भीमसेनमार्गमा रहेको साविक नेकपा एमालेको कार्यालयबाट नेकपाको नियमित काम कारबाही सञ्चालन गर्दै आएको भएपनि अदालतको फैसला लगत्तै नेकपा एमालेका नेता तथा कार्यकर्ताले कार्यालयबाट नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखिसकेको छ ।

Facebook Comments Box