फागुन २८,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका स्थित भकुण्डेमा रेयुकाई आँखा अस्पतालले गरेको निशुल्क आँखा शिविरमा ३ सय ७ जना लाभान्वित भएका छन् । रेयुकाई आँखा अस्पताल बनेपाको प्राबिधिक सहयोगमा नमोबुद्ध नगरपालिका, लियो तथा लाइन्स क्लब अफ काठमाडौ टेम्पल चन्डेश्वरीको आयोजना साथै काभ्रेपलान्चोक च्याम्बर अफ कमर्सको सह आयोजनामा नमोबुद्ध –७, भकुण्डे श्रीकृष्ण पार्टि प्यालेसमा भएको निःशुल्क आँखा सिबिरमा ३ सय ७ जना आँखाका बिरामीहरुले उपचार लिएको नमोबुद्ध चेम्बर अफ कमर्षका वरिष्ठ उपाध्यक्ष विदुर प्रसाद वर्तौलाले जानकारी दिए ।

शिविरमा अएका मध्ये ३८ जनालाई चस्मा बितरण गरिएको छ भने ४१ जनालाई भकुण्डेमा रहेको रेयुकाई अस्पतालमा मोतियाबिन्दुको निःशुल्क अप्रेसन गरिने आयोजकले जनाएको छ । शिविरमा रेयुकाई आँखा अस्पतालका डा. सरोज तिवारी को टोलीले सेवा दिएको थियो ।

Facebook Comments Box