फागुन २८,
२०७७,सिन्धुपाल्चोक/

सरकारले पहिलो पटक उत्तरी छिमेकी चीनबाट खरिद गरेको मल तातोपानी भन्सार कार्यालयमा आइपुगेको छ । नेपालले यस अघि भारत र बंगलादेशबाट रासयनीक मल खरिद गरेर ल्याउने गरेको थियो । तर ति मुलुकमा मात्रै भरपर्दा किसानले समयमा नै मल नपाएपछि पहिलो पटक चीनबाट मल ल्याएको हो ।

तातोपानी भन्सारबाट सबै प्रक्रिया पुरा गरेर शनिबार सम्म मल काठमाडौ आइपुग्ने छ । नेपाल सरकारले चीनबाट चार हजार मेट्रिक टन मल खरिद गर्न टेण्डर आह्वान गरेको थियो । तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार ठेक्का प्रक्रिया मार्फत शुक्रबार पहिलो पटक २ सय ४० मेट्रिक टन चिनियाँ युरीया मल तातोपानी भन्सारको सुख्खा बन्दरगाहामा आइपुगेको छ । सरकारले चीनबाट मल खरिदका लागि ११ नोभेम्बर २०२० मा टेण्डर गरेको थियो ।

चीनबाट ल्याएको मल साल्ट ट्रेडीङ मार्फत किसालाई वितरण गरिनेछ । काभ्रे, सिन्धुपाल्चोक, दोलखा लगायतका जिल्लालाई काभ्रेबाटै मल वितरण गर्ने योजना रहेको साल्ट ट्रेडीङले जानकारी दिएको छ ।

Facebook Comments Box