फागुन २८,
२०७७,सिन्धुपाल्चोक/

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितहरुलाई आर्थिक सहयोग गरेको छ । आगलागीबाट विस्थापित भएका ५७ घरपरिवारलाई प्रति घर १२ हजार ५ सयका दरले आर्थिक सहयोग गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी (विनोद) ले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष सहितको टिम नै आगलागी भएको दोभान बजारमा पुगेर पीडितहरुलाई हातैमा राहात बापतको नगद हस्तान्तरण गरिएको थियो ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व मन्त्री मोहनबहादुर बस्नेत, गाउँपालिका अध्यक्ष जिसी र सुनकोशी–६ का वडाअध्यक्ष रामकुमार थापा सहित गाउँपालिकाको टिम नै पुगेर आगलागी पीडितहरुलाई सहयोग गरेको छ । एक साता अघि उक्त बजारमा आगलागी हुदा ४७ घर जलेर नष्ट भएको थियो । आगलागी पछि ७९ घरपरिवार त्यहाँबाट विस्थापित भएका र अहिले अस्थाई टेण्टमा बसिरहेका छन् । सिन्धुपाल्चोकमा भएका विपत्तीका घटनाहरुमा अन्य जिल्लाबाट पनि सहयोग आउने गरेकाले एउटालाई पर्दा अर्काेलाई पनि दुःखछ, त्यही भएर त्यहाँ पुगेर थोरै भएपनि सहयोग गरेको सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवण जिसीले बताए ।

Facebook Comments Box