रोशी सहकर्मी–मंसिर ०५,
धुलिखेल/

बनेपा नगरपालिका वडा नम्वर ९ वडा अध्यक्ष शेरबहादुर सुवाललाई स्काभेटर तोडफोड गरे बापत जनही १० जनाको भागमा पर्ने एक भाग १३ हजार ३ सय ४५ रुपैया र ७ हजार धरौटी राखेर छाडिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता भएको अभद्र ब्यवहार सम्वन्धी मुद्दामा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको इजलासले वडा अध्यक्ष सुवाल सहित अन्य ९ जनालाई तोडफोडमा संलग्न भएको भन्दै क्षतिपुर्ति भराउँदै धरौटीमा छाड्ने आदेश गरेको हो । बनेपा नगरपालिका वडा नम्वर ९ मा रहेको नगरपालिकाको आफ्नै स्वामित्वमा रहेको जग्गामा वातावरणमैत्री मेशिन राख्ने कार्यमा वडा अध्यक्ष सुवालले अवरोध र्पुयाउँदै स्काभेटरलाई तोडफोड गरी चालकलाई समेत घाईते बनाएका थिए ।
त्यस्तै पक्राउ परेका डम्वरबहादुर घिसिङ्गलाई हिरासतमा बसेका कारण ३ हजार धरौटी र त्यति नै क्षतिपुर्ति भराईएको छ । अभियुक्तहरु वडा अध्यक्ष शेरबहादुर सुवाल, उनका छोरा बाबुकाजी सुवाल, जीवन थापा, कपिलमुनी दुलाल, सन्तोष गौतम, दिपक थापा, भिमसेन थापा, निलकमल शाहि र ज्ञानबहादुर सुवालले आफुले स्काभेटर तोडफोड गरी संर्घष समितिमा समेत बसेको बयान दिएका छन् ।
डोजरमा भएको क्षति र डोजर चालकको उपचारमा लागेको रकम समेत १ लाख ३३ हजार ४ सय ४७ को १० जना अभियुक्तलाई जनहि १३ हजार ३ सय ४५ समेत गरी जनहि २० हजार ३ सय ४५ रुपैया धरौटी दाखिला गरे तारेखमा राखी प्रस्तुत मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको छ । धरौटी र क्षतिपुर्ति नबुझाए थुनुवा पुर्जि दिई कारागार चलान गर्ने आदेश भएको थियो । अभियुक्त सबैले हिजो (बुधबार) दिउँसो जनही तोकिएको रकम बुझाएर तारेखमा रिहा भएका छन् ।

Facebook Comments Box