चैत्र १,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका वडा नं ९ मा माओवादी पार्टी परित्याग गरी युवाहरु कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस रोशी ९ मंगलटार कार्यसमिति द्वारा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा पूर्व माओवादीका काभ्रे जिल्ला सदस्य एवम् मंगलटारका अध्यक्ष बीर बहादुर तामाङ, माओवादी जिल्ला सदस्य पृतान्त तामाङको नेतृत्वमा ४१ जना भन्दा बढि युवाहरु नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।

यस्तै पार्टि प्रवेश गर्नेमा पूर्व एमाले निकट पूर्व शिक्षक केदार श्रेष्ठ, पूर्व माओवादीका केन्द्रीय कलाकार रोशन तामाङ लगायत स्थानिय नेताहरु रहेको प्रतिनिधि सभा क्षेत्र नं १ का सचिव गुणराज मोक्तानले जानकारी दिए ।

नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाई, विशेष अतिथि काभ्रे क्षेत्र नं १ का संविधान सभा सदस्य एवं प्रतिनिधि सभा सभापति युवा नेता तिर्थ लामा, नेपाली कांग्रेस तरुण विभाग बागमती प्रदेशका उपसंयोजक दावा लामा, जिल्ला सचिव दिनेश लामा, प्रदेश सभा सभापति राम योन्जन, क्षेत्रीय सचिव गुणराज मुक्तान लगायत अन्य अतिथिहरुले नेपाली कांग्रेस पार्टीमा स्वागत गरेका थिए ।

नव प्रवेशीहरुले कम्युनिष्ट पार्टी प्रति अशन्तुष्ट रहेको बताउँदै नेपाली कांग्रेस पार्टीनै अब देशको नेतृत्व गर्ने पार्टी भएको बताएका छन् ।

Facebook Comments Box