चैत्र १,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका वडा नं ९ मा रहेको मंगल जन विजय माविकी शिक्षिका मोनिका थोकरले आफ्नो जन्मोत्सव वाल आश्रममा मनाएकि छन् । काठमाण्डौ बुढानिलकण्ठमा रहेको शिक्षाको लागि समाज नेपाल (Society For Her Education Nepal) नामक संस्थाका वालवालिकालाई रोशी गाउँपालिका वडा नं ८ किर्दाश निवासी थोकरले स्टेशनरीको समग्री सहयोग गरेकि हुन् ।

रोशी साहित्य मञ्चकी उपाध्यक्ष, नेपाली कांग्रेस नेपाल साँस्कृतिक संघ काभ्रेका छेत्रीय सचीव समेत रहेकि थोकरले यस अघिका जन्मदिन जे जसरी मनाए पनि आफ्नो २३ औँ वर्षको जन्मोत्सव भने वाल आश्रममा मनाएकि हुन् । जन्म दिनमा फजुल खर्च गर्नुको सट्टा सो रकमले वालवालिकाको शैक्षिक विकासमा केहि हद सम्म टेवा पुगोस भन्ने उद्द्श्यले सहयोग गरेको थोकरले बताईन् ।

उनले आगामि दिनमा पनि यस कार्यलाई निरन्तर्ता दिने बताएकि छिन् । शिक्षाको लागि समाज नेपाल संस्थाकी निर्देशक स्मिता लामाले आफ्नो जन्मोत्सव संस्थाका वालवालिकाहरुको साथमा मनाएकोमा खुशी हुँदै थोकरलाई धन्यवाद दिईन् । यस संस्थाले वाबु आमा नभएका अनाथ वालवालिकालाई उद्धार गर्दै आएको छ ।

Facebook Comments Box