चैत्र २,
२०७७,काभ्रे/

जिल्लाको चौंरीदेउराली गाउँपालिकाले आयोजना गरेको अध्यक्ष गोल्ड कप फुटबल प्रतियोगिता–२०७७ को उपाधि वडा नं. २, नाग्रेगगर्चेले हातपार्न सफल भएको छ । वडा नं. ३ माझिफेदाको काफ्ले खेलमैदानमा भएको प्रतियोतिामा वडा नं. ७, मादनलाई २–० गोल अन्तरले पराजित गरेपछि उपाधि हातपार्न सफल भएको हो ।
त्यसैगरि वडा नं. ७, मादनकुँडारी उपविजेता बनेको छ । त्यस्तै वडा नं. ६ कात्तिके देउराली तेस्रो भएको छ । आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नं. २ र ७ बीच खेल भएको थियो । प्रतियोगितामा पालिकाका ९ वटै वडाका खेलाडी टिम प्रतिस्पर्धामा उत्रेका थिए ।

कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो समूहलाई प्रदेश सांसद रत्न ढकाल, गाउँपालिका अध्यक्ष दिननाथ गौतम र पालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईले पुरस्कार वितरण गरेका थिए । सोही क्रममा विजेता समुहले नगद १ लाखसहित ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । उपविजेताले नगद ५० हजारसहित ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र हात पार्दा तेस्रो हुने टिमले नगद २५ हजार सहित ट्रफि, सिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् ।

प्रतियोगितामा उत्कृष्ट किपर विजय थापा, उत्कृष्ट मिड फिल्डर यज्ञ प्रधान, उत्कृष्ट डिफेन्स बिमल परयार, उत्कृष्ट स्ट्राइकर आशिस लामा, उत्कृष्ट कोच ब्रजेस लामा, हाइ इस्कोर देवराज तामाङ, उत्कृष्ट खेलाडी निशान लामा घोषित भएको थिए ।

उत्कृष्टता हासिल गरेको खेलाडीहरु र रेफ्रीहरुलाई सम्मान गरेको थियो । यसपटकको प्रतियोगिता वडा नं. ३ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता विनोद घिसिङको संयोजकत्वमा भएको थियो ।
समापन कार्यक्रममा उपाध्यक्ष ताराकुमारी गौतम, वडा अध्यक्षहरु राजु आले तामाङ, दिनेश लामा, सुरेशकुमार लामा, राजकुमार गौतम, रेशम लामा, राम लामा, विरबल लामा, विभिन्न शाखाका कर्मचारीहरु, स्थानीय जनता, पत्रकारहरुको सहभागीता रहेका थिए ।

Facebook Comments Box