चैत्र ३,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं २ भकुण्डेबेँशीमा रहेको ग्रामीण पाठशाला एजुकेसन फाउन्डेसनले नमोबुद्ध नगरपालिकाभित्र रहेका विद्यालयहरुलाई समेटेर आयोजित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

आठवटा विद्यालहरुको सहभागीता रहेको प्रतियोगितामा ग्रामीण पाठशालाले प्रथम स्थान हासिल गर्न सफल भएको छ । यस्तै जनक उच्च मा.वि र ज्ञानोदय इङलिस बोर्डिङ स्कुल क्रमश द्वितीय र तृतीय भएका छन् । उनिहरुलाई कार्यक्रमका प्रमुख अतिथि नमोबुद्ध नगरपालिका शिक्षा तथा खेलकुद शाखाका उप सचिव जनार्दन रिजालले प्रमाणपत्र र पुरस्कार प्रदान गरेका थिए ।

प्रमुख अतिथि रिजालले विद्यार्थीहरुलाई किताबी ज्ञानका साथै बाहिरी हरेक क्षेत्रको ज्ञान प्रदान गराउनु पर्ने धारणा राखेका थिए । उनले विद्यार्थीहरुलाई विभिन्न किसिमका प्रश्नहरु सोधेर कार्यक्रमलाई रोचक र मनोरञ्जनात्मक बनाएका थिए । ग्रामीण पाठशाला विद्यालयका प्रधानाध्यापक विदुर शर्मा भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाइराजा श्रेष्ठ र विभिन्न विद्यालयका प्रतिनिधि शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box