रोशी सहकर्मी–मंङसिर ०६,
भकुण्डे/

नेपाल सलकारको भिजिट नेपाल २०२० अभियान लाई सफल पार्न आयोजित साईकल यात्रीलाई नमोबुद्ध नगरपालिका प्रमुख टि.पि. शर्मा तिमल्सिनाले टिका लगाई स्वागत गरेका छन् । आज दिउँसो १२ः३० बजे भकुण्डे चोकमा नगर प्रमुख टि.पि. शर्मा तिमल्सिीना, प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाँई, सामाजिक शाखा संयोजक श्याम खनाल, भकुण्डे प्रहरी चौकिका प्रहरीहरु, लगाएतले २१० सहभागिलाई स्वागत गरेका हुन् । राइड थ्रु सिन्धुलिगढी नामक साइकल यात्रामा एक सय ७१ साइकलयात्री सहभागी छन् । जसमा पुरुष एक सय ५३ जना र महिला १८ जना रहेको कार्यक्रम अभियन्ता हरिकृष्ण श्रेष्ठले जानकारी दिए । साथै टोलीमा २ सय १० जना सहभागी रहेका छन् । साइकल यात्रामा स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाज लगायतका संस्था सह–आयोजक छन् । ६ गतेदेखि ९ सम्म ४ दिन हुने साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाएको र साइकल यात्रा अभियानमा प्रदेश नम्बर ३ पर्यटन मन्त्रालयले सहकार्य गरेको अभियन्ता श्रेष्ठले रेडियो रोशीलाई बताए । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रबर्धन गर्न विगत चार बर्षदेखि राइड थु्र सिन्धुलीगढी आयोजना गर्दै आएको छ ।
श्रेष्ठका अनुसार काठमाडौंको पशुपतिनाथ परिसरबाट सुरु भएकोे साइकल यात्रालाई बाटोमा पर्ने भक्तपुर, काभ्रे, सिन्धुली, महोत्तरी र धनुषा जिल्लाका स्थानीय तहहरुले साथै सेना, प्रहरी, विद्यालयहरु, संघ संस्थाले साइकल यात्रीलाई खाजा, पानी, स्वास्थ्य शिविर लगायतको व्यवस्था गरेर स्वागत गर्ने तयारी भएको बताए । साइकल यात्रीहरु आज पहिहलो दिन सिन्धुलीको मुलकोटमा बास बस्ने बताइएको छ । त्यस्तै दोस्रो दिन सिन्धुलीको खनियाँखर्कमा प्रदेश नम्बर ३ का पर्यटन मन्त्री अरुण नेपालले स्वागत गर्ने कार्यक्रम रहेको छ । तेस्रो दिन साइकलयात्री मिथिलाको सांस्कृतिक सहर जनकपुरधाममा आयोजना गरिने मैथिल लोक संस्कृतिसहितको सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै चौथो दिन बिहान जनकपुरमा स्थानीयसमेत १ हजार ५ सय साइकलयात्रीले नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ । काठमाडौंबाट झण्डै २ सय ५० किलोमिटर यात्रा गरेर साइकल यात्री जनकपुरसम्म पुग्ने अभियानका अध्यक्ष लीलानाथ घिमिरेले बताए ।

Facebook Comments