चैत्र ६,
२०७७,काभ्रे/

महिला, बालबालिका, अपाङ्गता, जेष्ठ नागरिक, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा लागू औषध दुर्व्यसनीको तथ्यांक संकलनका लागि जिल्लाको रोशी गाउँपालिकामा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्ष एवं रोशी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले रोशी गाउँपालिका भित्र रहेका विशेष गरि दुव्र्यसनीमा लागेका नागरिकहरुको सत्य सथ्य तथ्यांक पत्ता लगाई त्यस्ता नागरिकहरुको सुधार र जीवन रक्षाका लागि पालिकाले पनि पहल गर्दै सहयोग गर्ने कुरामा जोड दिए । साथै एकल महिला, बालबालिका, अपाङ्गता भएका नागरिकहरुको तथ्यांक पत्ता लगाई उनिहरु लक्षित कार्यक्रम निर्माण गर्न पनि यस कार्यक्रमबाट सहयोग हुने कुरा बताए ।

अभिमुखीकरण कार्यक्रमको सहजीकरण भने गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राम बहादुर तामाङले गरेका प्राविधिक सहायक राजेन्द्र सिग्देलले जानकारी दिए । कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख प्रज्वला राई, नाङ्शाल एशोसिएशन नेपालका प्रारम्भिक साक्षरता र गणित कार्यक्रमका सुपरभाईजर सृजना तामाङको सहभागिता रहेको थियो । कायक्रममा तथ्यांक संकलकको रुपमा ६१ ओटा बालविकास केन्द्रका बालकक्षा शिक्षकहरुको सहभागिता रहेको शिक्षा शाखाका प्राविधिक सहायक राजेन्द्र सिग्देलले जानकारी दिए ।

Facebook Comments Box