यश कुमार परियार–चैत्र ६,
२०७७,काभ्रे/

जिल्लाको तेमाल गाउँपालिका वडा नं ७ को आयोजनामा एक महिले निःशुल्क मोटर ड्राईभिङ तालिम सुरु भएको छ । तालिमको शुक्रबार कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका प्रवक्त एवं वडा नं ७ का अध्यक्ष ज्ञान बहादुर तामाङले उद्घाटन गरेका हुन् ।

तालिमको शुभारम्भ गर्दै वडा अध्यक्ष तामाङले तालिममा सहभागि सबैलाई शुभकामना दिए । यस तालिमबाट सिप सिकेर आत्मनिर्भर हुन मद्दत पुग्ने अपेक्षा गर्दै अध्यक्ष तामाङले आफ्नो ठाउँमा सवारी चलाई दैनिकी गर्ने देखि बैदेशिक रोगारीमा जान पनि सजिलो हुने बताए । आफ्नो कार्यकालमा वडाका गाउँ टोलमा बाटो पुर्याएको बताउँदै तामाङले त्यो बाटोमा सवारी चलाउने दक्ष जनशक्ति उत्पादन गर्न यस तालिमको आयोजना गरिएको बताए ।


आजबाट सुरु भएको तालिम एक महिना सम्म चल्ने छ । तालिममा वडाका ७ जना महिला र ३५ जना पुरुष गरी ४२ जना सहभागि छन् । वडा नं ७ को चापाखोरी चौरमा संचालित तालिममा भक्तपुर मोटर ड्राईभिङ सेन्टरको २ जना प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा वडा नं ७ का सदस्य फुलमायाँ दर्जी, वडा सचिव अनिता श्रेष्ठ, वडा नं ९ को वडा सचिव एवं कृषि प्राविधिक पवन ओली, समाजसेवी ईन्द्र लाल तामाङको उपस्थिति रहेको थियो । आर्थिक वर्ष २०७६/०७७ मा नै कार्यक्रमको लागि सुचना प्रकाशित भए पनि कोरोनाका कारण स्थगित भएको थियो ।

Facebook Comments Box