चैत्र ८,
२०७७,काभ्रे/

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ९ स्थित लामाडाँडा मा आगलागि भएको छ । स्थानिय कामी सिं तामाङले आफ्नो बारीमा बिहान ४ बजेतीर लगाएको आगो जंगलमा सल्केर आगलागी भएको हो ।

आगलागीबाट मानविय क्षती नभएको तर बनको रुखहरु जलेको वडा अध्यक्ष मेल बहादुर लामाले जानकारी दिए । आगलागी भएको थाहा पाउना साथ स्थानियहरु आगो नियन्त्रणमा खटेका थिए ।

आगो नियन्त्रणको लागि श्यामपाटी प्रहरी चौकीका प्रहरी साथै नमोबुद्ध नगरपालिकाको दमकल, भकुण्डेको २६ बाहिनी अड्डा र धुलिखेलको कालीजंग गणका सेना, विपद व्यवस्थापन समितिको सहयोगमा अहिले आगो नियन्त्रणमा आईसकेको वडा अध्यक्ष लामाले जानकारी दिए ।

Facebook Comments Box