चैत्र ८,
२०७७,काभ्रे/

बागमती प्रदेश प्रहरी कार्यालय अन्र्तगतका कार्यालयहरुको कार्यसम्पादन समिक्षा एवम् आगामी रणनीति निर्धारण कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाको आयोजना तथा आन्तरीक मामिला तथा कानून मन्त्रालय, बागमती प्रदेशको समन्वयमा आइतबार धुलिखेलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलले गरेका थिए । बागमती प्रदेश अन्र्तगत जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, जिल्ला प्रहरी कार्यालय दोलखा, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुली, जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला प्रहरी कार्यालय रामेछाप, जिल्ला प्रहरी कार्यालय सिन्धुपलाञ्चोकका प्रमुखको सहभागिता रहेको थियो ।

कार्यशाला गोष्ठीमा आ–आफ्नो कार्यालयका तर्फबाट प्रमुखले प्रस्तुतिकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा मुख्यमन्त्री पौडेल, आन्तरीक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश प्रहरीका प्रमुख बसन्तकुमार लामाले निर्देशानात्म मन्तव्य दिएका थिए ।

Facebook Comments Box