रोशी सहकर्मी–मङ्सिर ०६,
काभ्रे/
धुलिखेल नगरपालिकाले सन् २०२० भित्रमा १२ वटै वडालाई बालमैत्री घोषणा गर्ने अभियान सञ्चालन गरेको छ । वडा न १० लाई बालमैत्री वडा घोषणा गरेको नगरले यस आर्थिक बर्षमा अन्य छ वडालाई बालमैत्री घोषणा गर्न लागेको जनाएको छ ।
हिजो (विहीबार) धुलिखेल नगरपालिका, नगर बाल सञ्जालको आयोजना तथा सिर्जनशिल नेपालको समन्वयमा नगर बाल भेला तथा बाल दुव्र्यवहार न्युनिकरण सम्बन्धी कार्यक्रममा वडा न ३, ४, ५, ६, ७ र ११ लाई बालमैत्री वडा घोषणा गर्न लागिएको नगरले जनाएको छ । उक्त कार्यक्रममा धुलिखेल नगरपालिका नगरप्रमुख अशोककुमार व्याञ्जूले नगरलाई बालमैत्री नगर घोषणा गर्ने अभियानमा नगरपालिका रहेको बताउनुभयो । उहाँले राज्यले बालबालिकाका लागि लगानी गरेको भएपनि त्यस अनुसारको प्रतिफल पाउन नसकेको बताउनुहुँदै सक्षम, सचेत नागरिकका लागि बालमैत्री नगर आवश्यक रहेको बताउनुभयो ।
एसिया र अफ्रिकन मुलुकमा बालबालिका विभिन्न समस्याबाट पीडित रहेकाले बिदेशी संघसंस्थाले पनि लगानी गरिरहेका छन भन्नुभयो । नेपालमा पनि संघ, प्रदेश र स्थानीय सरकारले बालबालिकाका क्षेत्रमा सहयोग पु¥याउँदै आएका छन, सँगसँगै विदेशी संघसंस्थाले पनि सहयोग उपलब्ध गराएका छन, तर हामीले सोचे जस्तो प्रतिफल पाउन सकेका छैनौँ ।

Facebook Comments Box