चैत्र ८,
२०७७,काभ्रे/

एस.एस. कलेज भक्तपुरमा अध्ययनरत बि.एस्.डब्लु. दोश्रो वर्षका विद्यार्थीहरुले जिल्लाको नमोबुद्ध नगरपालिकाका नागरिक सँग अन्तर्क्रिया गरेका छन् । कलेजको २ दिने भ्रमणमा आएको विद्यार्थीहरुले नमोबुद्ध नगरपालिकामा सेभ द चिल्ड्रेनले संचालन गरेको पहुँच परियोजनाबाट जीवनमा आएको परिवर्तनहरुको बारेमा अन्तर्क्रिया गरेका हुन् ।

सामाजिक कामको विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुले नागरिकका समस्या, मुद्दाहरु पहिचान गरी छलफल भएको र उक्त मुद्दा सम्बन्धित सरोकारवालाहरुलाई खबरदारी गर्ने उद्धेश्य अनुरुप अन्तर्क्रिया भएको कलेजका प्रधानाध्यापक राजन प्रसाद काफ्लेले जानकारी दिए । २ दिने भ्रमणमा विद्यार्थीहरुले नमोबुद्धमा रहेको संसारी देवी विद्यालय, आसपास बसोबास गरेका बस्तीहरुमा गई नागरिकले स्थानिय सरकारबाट प्राप्त सेवा सुबिधाहरुको जानकारी भए नभएको बारेमा पनि सोधपुछ गरी सामुहिक छलफल गरेको प्रधानाध्यापक काफ्लेले जानकारी दिए ।

कार्यक्रम अबधि भर सेभ द चिल्ड्रेनका प्रोगाम कोअर्डिनेटर पुष्कर काफ्ले र सामाजिक परिचालक ईन्द्र प्रसाद गैरापीप्लीले सहजिकरण गरेका थिए ।

Facebook Comments Box