चैत्र ९,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाले गुनासो व्यवस्थापन कार्यविधि, कार्यसञ्चालन निर्देशिका २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ । आज (सोमबार) गाउँपािलका अध्यक्ष डि.बि. लामाको अध्यक्षतामा बसेको ५५ औँ कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो ।

यस्तै बैठकले साविकको गाउँ विकास समिति मार्फत रहेका बेरुजुको फछ्र्यौटको लागि वडा कार्यालयबाट ७ दिन भित्र आवश्यक कागजपत्र पालिकामा पेश गर्न भनेको छ । भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको लगत संकलनको लागि तदारुकताका साथ लाग्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता पदम बहादुर लामाले जानकारी दिए । यस्तै बैठकबाट सगरमाथा आरोहणको लागि बसन्त कुमार तामाङले गाउँपालिकामा प्रस्ताव सहित सहयोग माग गरेकोमा तयारी तथा तालिमा खर्च बापत रु १ लाख ५० हजार दिने निर्णय गरेको छ । साथै गाउँपालिकाले तामाङको सगरमाथा आरोहणको पूर्ण सफलताको शुभकामना दिएको छ ।
यस्तै गाउँपालिकाको सबै क्षेत्रमा टेलिफोन सेवा प्रभावकारी नभएकोले कार्यसम्पादनमा कठिनाई भएको कुरा महशुस गर्दै फिल्डमा खटिएको समय गाउँ प्रहरीको निमित्त जिल्ला प्रशासन कार्यालयमा प्रयोगको अनुमति लिई ३ थान वाकीटकी माग गर्ने निर्णय भएको प्रवक्ता लामाले जानकारी दिए ।

Facebook Comments Box