रोशी सहकर्मी– मङ्सिर ०६,
चौकोट (काभ्रे)/

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालयका १६ सय विधार्थिलाई दिक्षीत गरेका छन् । विश्वविद्यालयको पच्चीसौं दीक्षान्त समारोहमा स्नातक र स्नातकोत्तर तहका १ हजार ६ सय ४ जनालाई प्रधानमन्त्रिले उपाधी दिएका हुन् । ति मध्ये एमसीएच÷डिएम, एमडी, एमएस, एमएस्सी र एमडीएसका १ सय ४८ जना, बीडीएसका २ सय १८ जना, बीएस्सी ईन नर्सिङ्गका १ सय १६ जना, बीपीटीका २४ जना र एमबीवीएसका १ हजार ९८ जना दीक्षित भएका छन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको भविष्य उज्ज्वल रहेकाले निराश नहुन बिधार्थिहरुलाई अपिल गरेका छन् । पनौती नगरपालिका चौकोटमा रहेको काठमाडौं विश्वविद्यालयको पच्चीसौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले मुलुक विकासको नयाँ चरणमा गएकाले उत्साहका साथ लाग्नुहोस् भने । “आज दिक्षीत हुनुहुने भाईबहिनीहरु उत्साहित हुनुहुन्छ, अभिभावक उत्साहित हुनुहुन्छ, सरकार नै उत्साहित छ, यो उत्साहलाई मुुलुक निर्माणमा लगाउन सक्नुपर्छ– उनले भने । जुन सुकै काम गर्न पनि हामीमा इमान्दारिता र आत्माविश्वास भयो भने सफल हुन सकिन्छ । त्यस तर्फ तपाईहरुले ध्यान दिन जरुरी छ– भने ।
उनले मुलुक आर्थिक रुपमा केही समय पछाडि परेको भएपनि अब पछाडि नपर्ने बताउँदै शिक्षाका कारण पनि मुलुक पछाडि परेको र शिक्षाको विस्तारसँगै मुलुक पनि आर्थिक रुपमा सम्पन्न हुने छ भने । विश्वविद्यालयले पहिलो पटक मेडिकल विद्याको माथिल्लो तहको एमसीएच÷डीएम उपाधी ६ जनालाई प्रदान गरेको छ । विश्वविद्यालयले एक दशक देखि दुई चरणमा दीक्षान्त समारोह आयोजना गर्दै आएको छ ।

Facebook Comments