चैत्र ११,
२०७७,काभ्रे/

जिल्लाको खानीखोला गाउँपालिकामा चैत २३ र २४ गते अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र बितरण गरिने भएको छ । गाँउपालिकाबाट गत पुस २३ र २४ गते संचालित शिविरमा परिचय पत्र लिन छुटेका व्यक्तिहरुलाई लक्षित गरी शिविर संचालन हुने भएको पालिकाका प्रमुख प्रशासकिय अधिृकत लक्ष्मी प्रसाद अधिकारीले जानकारी दिए ।

अपाङ्गता भएका ब्यक्तीको परिचय पत्र बितरण सम्बन्धी कार्यविधि २०७५ अनुसार गाँउपालिकाबाट गत पुसमा शिविर संञ्चालन गरिएको थियो । सो शिविरमा छुटेकाहरुलाई चैत २३ र २४ गते परिचय पत्र वितरण गरिने भएको हो ।

शिविरमा परिचय पत्र लिन बाँकी रहेका व्यक्तीहरुलाई पत्र बितरण गरिनुका साथै पुराना परिचय पत्र नविकरण पनि गरिने अधिकारीले जानकारी दिए ।

Facebook Comments Box