चैत्र १२,
२०७७,काभ्रे/

जिल्लामा आज १६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यलय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार खोप लगाउने सबै धुलिखेल नगरपालिकाका १ सय ४ जना पुरुष र ५६ महिला छन् ।
यो संगै जिल्लामा कोरोना भाईरस बिरुद्धको अभियान अन्तर्गत पहिलो र दोस्रो चरणमा २३ हजार ६ सय ३५ जनाले खोप लगाएका छन् ।

यस्तै जिल्लामा हाल ७ जना कोरोना भाईरसका सक्रिय संक्रमित छन् । आज कुनै पनि नयाँ संक्रमित नथपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार बनेपा नगरपालिका, पनौती नगरपालिका र पाँचखाल नगरपालिकाका २/२ जना संक्रमित छन् भने मण्डनदेउपुर नगरपालिकामा १ जना कोरोनाका सक्रिय संक्रमित छन् । कोरोनाबाट जिल्लाका ४५ जनाको मृत्यु भईसकेको छ ।

Facebook Comments Box