फाईल फोटो

चैत्र १३,
२०७७,काभ्रे/

जिल्लाको धुलिखेल अस्पतालमा कोरोना भाईरसको संक्रमणबाट एक जनाएको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिल्ला विगु गाउँपालिकाका ६२ बर्षिय एक वृद्ध रहेको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ । निमोनियाका कारण श्वासप्रश्वासमा कठिनाई भए पछि २०७७ चैत्र ११ गते राति ९ बजे उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना भएका वृद्धको बिहिबार दिउँसो मृत्यु भएको हो ।

मृत्यु पस्चात कोरोनाको आशंका गरी परिक्षण गरिएको र कोरोना पुष्टि भएको धुलिखेल अस्पतालका आकस्मिक विभागका प्रमुख डा. सानुकृष्ण श्रेष्ठले जानकारी दिए । शवलाई नेपाली सेनाले अन्त्येष्टी गरिसकेको छ । जिल्ला कमाण्ड पोष्टले थप सुरक्षाका लागि अस्पताल प्रशासनलाई अनुरोध गरेको छ भने अस्पतालले सेवा नरोकी सुरक्षा मापदण्ड अपनाएको छ ।

Facebook Comments Box