चैत्र १५
२०७७,काभ्रे

जनप्रतिनिधिमा प्रतिस्पर्धाको भावना बढेसँगै स्थानीय स्तरमा विकास निमार्णको कार्यले तिव्रता पाएको छ। जिल््लाको बेथानचोक गाउँपालिकामा पुर्वाधार बिकासका कामहरुले तीव गति लिन थालेको छ। गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले आयोजनाहरुको अनुगमन निरीक्षणलाई नियमित रुपमा जारि राख्दै तदारुकताका साथ काम गर्न ,गराउन निर्देशन दिए पश्चात गाउँपालिका भित्र संचालित आयोजनाको कामले फड्को मारेको गाउँपालिकाले जनाएको छ ।

काममा ढिलासुस्ती र गुणस्तरहिन नहोस भन्ने उद्देश्यले हरेक कामको अनुगमन गर्ने गरिन्छ ।अनुगमनकै क्रममा यही चैत्र १४ गते हिजो शुक्रवारका दिन विद्यालयको भौतिक अवस्थाको अवलोकन बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सीनाले गरेका थिए। बेथानचोक ६ भुग्देउ स्थित सरस्वती माध्यमिक बिद्यालयको निर्माणाधीन भवन र कृष्णगोपाल माध्यमिक विद्यालय भवनको ढलान कार्यको अबलोकन गदै अध्यक्ष तिमल्सिनाले समयसिमा भित्रै गुणस्तरीय रुपमा कार्य सप्पन्न गर्न निर्देशन दिएको गाउँपालिका सूचना अधिकारी इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले बताएका छन ।

Facebook Comments Box