चैत्र १६,
२०७७,काभ्रे/

नेपाल रेडक्रस सोसाईटी टुकुचा उपशाखा, बनेपा २ को उपशाखा सभा सम्पन्न भएको छ । श्री श्वेत वराह मा वि बनेपा २, घिमिरेगाउँमा सम्पन्न कार्यक्रममा काभ्रे जिल्ला शाखाका संयोजक समुन्द्रलाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा उपशाखाका कोषाध्यक्ष आत्माराम दुलालले उपशाखा प्रतिवेदन सहित आर्थिक विवरण प्रस्तुत गरेका थिए । शुभकामना मन्तव्य राख्दै टुकुचा उपशाखाका पुर्व सभापति राम प्रसाद घिमिरेले रेडक्रसले विगतमा गरेका विभिन्न कार्यहरुको बारे चर्चा परिचर्चा गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला शाखा संयोजक समुन्द्रलाल श्रेष्ठले विगतमा आफुले लामो समय जिल्ला शाखामा गरेको नेतृत्वदायी भुमिकाको फलस्वरूप नै अहिलेको तदर्थ कार्यसमितिमा १२ बर्षपछि पनि पुनः केन्द्रीय कार्य समितिले मनोनित गरि जिम्मेवारी सुम्पेकोले आफुले कर्तव्य निर्वाह गर्दै जान र समयले त्यसको मुल्यांकन गर्ने प्रेरणादायी भाईहरु आजीवन सदस्यहरु माझ राखेका थिए ।

सो कार्यक्रमका विशिष्ट अतिथि जिल्ला शाखाका कार्य समिति सदस्य विदुर प्रसाद घिमिरे, कमल प्रसाद घिमिरे, बनेपा २ का वडाध्यक्ष हरिशरण घिमिरे तथा अतिथि पुर्व उपशाखा सभापति राम प्रसाद घिमिरे तथा जिल्ला शाखाका कार्यालय प्रमुख त्रिरत्न राजवाहक को आतिथ्यतामा टुकुचा उपशाखाका सभापति राजकुमार घिमिरेको सभापतित्वमा उद्घाटन सत्र र बन्द सत्र गरि २ चरणमा सञ्चालन गरिएको थियो । बन्द सत्रको छलफलमा आजीवन सदस्यहरुको सकृय सहभागिता रहेको थियो भने उपशाखा सँग संबन्धित विभिन्न विषयमा छलफल गर्दै उपशाखा प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रम सञ्चालन उपशाखा सचिव परशुराम दाहालले गरेका थिए ।

Facebook Comments Box