रोशी सहकर्मी–मंङसिर ०६,
भक्तपुर/

नेपाल भ्रमण वर्ष २०२० लक्षित भक्तपुरमा व्यापारिक तथा सांस्कृतिक मेला हुने भएको छ । आगमी मंसिर १३ गते देखी २३ गते सम्म ममता केन्द्र नेपालले भक्तपुर नगरपालिका ७ स्थित माहेश्वरी खेल मैदानमा उक्त मेला गर्न लागेको हो । गत आइतबार पत्रकार सम्मेलन गर्दै केन्द्रका अध्यक्ष संगम लामाले दिएका जानकारी अनुसार मेलामा एकसय पचासभन्दा बढी स्टल रहने छन् । उनले मेला अवधिभर सांस्कृतिक कार्यक्रम, नृत्य तथा खेलकुद प्रतियोगिता हुने पनि बताए । मेलामा जाडो महिना लक्षित सर सामग्रीका स्टलसँगै खाद्यान्न, इलेक्ट्रानिक्स तथा मोबाइलका स्टल रहने उनको भनाई छ । मेलामा विभिन्न कम्पनीका मोटरसाइकलहरुको स्टल पनि रहेको छ ।
अध्यक्ष लामाले थकाली खाना तथा खाजा साथै नेवारी तथा तामाङ खानाको फुड फेस्टिभलसमेत रहने बताए । मनोरञ्जनात्मक खेलतर्फ बाल उद्यान साथै रोटेपिङ, नाउ, काररेस, ब्रेक डान्स आदि विभिन्न जादुसहितको बाल फनपार्क सञ्चालन हुनेछ ।
करिब १० करोडको कारोबार हुने अनुमान गरिएको उक्त मेला करिब ४५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ११ दिनसम्म चल्ने मेलामा दैनिक सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ । राष्ट्रिय गायक गायिका तथा कलाकारहरुमा जयनन्द लामा, राजु लामा, चेतन सापकोटा, बसन्त सापकोटा, ¥यापर भिटेन, ज्योति मगर, सरस्वती लामा लगायतले आआफ्नो प्रस्तुति दिने छन् । मेलामा खरिद गरिने सामानमा १० देखि १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ भने मेलामा प्रवेशको लागि प्रतिव्यक्ति पचास रुपैयाँ र विद्यार्थीलाई ३० रुपैयाँ शुल्क निर्धारण गरिएको आयोजकले जानकारी दिएको छ ।

Facebook Comments