चैत्र १६,
२०७७,काभ्रे/

जिल्लाको महाभारत गाउँपालिका स्थित गोकुलेमा नेपाली कांग्रेसको बृहत आमसभा कार्यक्रम हुने भएको छ । हाल महाभारत गाउँपालिका वडा नं १ र २ साविक गोकुले गा.वि.स. द्वारा आयोजित कार्यक्रम यहि चैत्र २१ गते शनिबार हुने काभ्रे जिल्ला क्षेत्र नं १ क का सभापति राम योञ्जनले जानकारी दिए ।

केन्द्रिय सदस्य एवं श्रमिक तथा ट्रेड युनियन बिभाग प्रमुख शिव प्रसाद हुमागाँईको प्रमुख आतिथ्यता रहने कार्यक्रममा संविधान सभा सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नं १ काभ्रेका सभापति तिर्थ लामाको विशेष आतिथ्यता रहने छ ।

यस्तै कार्यक्रममा जिल्ला सचिव दिनेश लामा, प्रदेश सभा १ (क) का उम्मेदवार चन्द्र लामा, क्षेत्र नं १ (क) का सभापति राम योञ्जन, नेपाली कांग्रेस तरुण बागमती प्रदेश उपसंयोजक तथा तरुण काभ्रेका सभापति दावा लामाको आतिथ्यता रहनेछ । कार्यक्रममा बिशाल काल्तान, जितु लोप्चान, अमृता लुङगेली, सिर्जना स्याङतान लगायतका सेलो गायक गायिकाको सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Facebook Comments Box