फोटोः सामाजिक सञ्जाल

चैत्र १६,
२०७७,काभ्रे/

जिल्लाको भुम्लु गाउँपालिका वडा न.१० दोलालघाट महिला स्वरोजगार झोल साबुन बनाउने तालिम सुरु भएको छ । तालिमको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमान ध्वज कुवरले उद्घाटन गरेका हुन् ।

गाउँपालिकाको आयोजनामा संचालित तालिममा भुम्लु वडा नं १० दोलालघाट साबिक वडा नं १, २, र ३ का महिलाहरुको सहभागिता रहेको छ । महिला स्वरोजगार झोल साबुन बनाउने तालिम कार्यक्रममा झोल साबुन सँगै हार्पिक बनाउन पनि सिकाईने वडा सदस्य मन्जु शाहले जानकारी दिईन् ।

कार्यक्रममा वडा अध्यक्ष चित्र बहादुर तामाङ लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Facebook Comments Box