चैत्र १८,
२०७७,काभ्रे

रोशी गाउँपालिकाको तिन वडामा महिला उद्यमी लक्षित ३ महिने ढाका बुनाई तालिम सुरु भएको छ ।

जनशिल गोदावरी महिला समाज सातदोबाटो, ललितपुरको आयोजना र रोशी गाउँपालिकाको सहयोगमा वडा नं ६ मा, ईक्वेल एक्सेस ईन्टरनेशनल प्रा.ली. बनेपाको आयोजनामा वडा नं ३ र ११ मा सुरु भएको छ । तालिमको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मि कुमारी बर्तौलाले उद्धाटन गरेकी हुन् ।

रोशी गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सुरु भएको कार्यक्रममा वडा नं ६ मा १८ जना, वडा नं ३ शिखरमा २० जना र वडा नं ११ कालढुंगामा १८ जना महिलाहरुको सहभागिता रहेको छ । आज (बुधबार) र हिजो (मंगलबार) बाट सुरु भएको तालिम असार १६ गते सम्म चल्नेछ ।

Facebook Comments Box