रोशी सहकर्मी–मंङसिर ०७,
पनौती/

जिल्लाको पनौती नगरमा आध्यात्म विज्ञानको प्रशिक्षण आज (शनिबार) सम्पन्न भएको छ । पनौती नगरपालिकाको आयोजना तथा जीवन विज्ञान, चावहिलको प्रायोजनमा भएको कार्यक्रममा जीवन विज्ञानका प्रनेता एल.पी. भानु शर्माले प्रवचन दिएका थिए । “आनन्द र खुशी रहन सके मात्रै जीवन जिउन सकिने, धन सम्पत्ति कहिल्यै पुग्दैन आनन्द, हामी खुशी हुनु भनेको संसार खुशी हो, व्यक्ति विकास र समाजको वरिपरि लागी जीवन बदल्ने शुत्र नै ज्ञान विज्ञान हो” लगायतका कुरा प्रनेता शर्माले बताएका थिए । ‘आध्यात्मले मानिसको मुल जरो समाउँछ, त्यसैले खुशीले बाँच्नुस्, हाँस्नुस् र रमाउनुस्, योग, ध्यानमा लागि पर्नुस्, तपाईको जीवनले पनि शान्ति पाउनेछ’ उनले बताए ।
सम्पत्ति मात्र सबै कुरा होइन, सन्तुलनमा परिवारलाई लानसके घरघरमा खुशी छाउँछ र घरपरिवार सम्बृद्ध बन्दै जाने उनले बताए । “युवाहरुलाई लक्षित गरी खुशी खोज्न, बाँड्न र खुशी जीवनको लक्ष्यलाई जीवनयापन गर्न नसके हाम्रो समाज बदल्न सकिँदैन, यदि समाज बदल्ने हो भने टोल टोलमा भट्टी पसल नभई ज्ञानकेन्द्र स्थापना गर्नुपर्छ भने । कार्यक्रममा जीवन योग, गीता महाज्ञानका विषयमा चर्चा गरिएको थियो ।
कार्यक्रममा नगरप्रमुख भीम न्यौपाने र प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले मन्तव्य राखेका थिए ।

Facebook Comments