चैत्र १८,
२०७७,काभ्रे/

जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ५ का अध्यक्ष खजेन्ची बहादुर लामा जनताको मन मनमा बसेका जनप्रतिनिधिका रुपमा चिनिन्छन् । लामाले निर्वाचित भएर आइसकेपछि वडामा बिकासको लहर नै ल्याएका वडाबासी बताउँछन् । बेथानचोक गाउँपालिका–५ कामिडाँडा स्थित कपेर आधारभुत विद्यालयको लागि गाउँपालिकाले निर्णय गरि करिब ५ रोपनी जग्गा उपलब्ध गराएको छ ।

उक्त जग्गामा बिद्यालय लाई आवश्यक भवन तथा संरचना बनाउने सोच बनेसंगै जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) को लगानीमा विद्यालय भवन निर्माण गरिदिने प्रतिवद्वता भई उक्त भवन निर्माणका लागि Layout कार्य गराउन वडा अध्यक्ष लामा आज (बुधबार) कामिडाडा पुगेका हुन् ।

परिसरको अनुगमन गर्दै उनले छिट्टै भवन निर्माण सम्पन्न हुने बिश्वास व्यक्त गरे । साथै बिकास सबैको साझा उपलब्धि भएकाले शिक्षा, स्वास्थ, खानेपानी लगाएत पुर्वाधार बिकासका लागि आफू सधैं तत्पर कृयाशिल रहेको बताए । वडा अध्यक्ष लामाले आफुले जनताको सेवाकै लागी राजनीतिक क्षेत्रमा सकृय भएको र जनताको बिश्वासमा नेतृत्व पाएकोले आफ्नो नेतृत्वमा वडाको बिकासले गति लिएको दाबी छ ।

विद्यालयको भवन निर्माणमा आइपर्ने सम्पुर्ण प्राबिधिक पक्षका तथा गाउँपालिकाको तर्फबाट समन्वय सहकार्य र नियमित अनुगमन गरि गुणस्तरिय भवन निर्माणमा प्रतिवद्व रहेको गाउँपालिकाका सूचना अधिकारी एवं इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले बताएका छन् ।

Facebook Comments Box