चैत्र १८,
२०७७,काभ्रे/

जिल्लामा आज एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज थपिएका संक्रमित पुरुष तेमाल गाउँपालिकाका रहेका छन् ।

योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ३३ सय ९० पुगेको कार्यालयको जानकारी छ ।
कार्यालयका अनुसार जिल्लामा अहिले १८ जना सक्रिय संक्रमित रहेका छन् ।

जसमध्ये ९ जना होम आईसोलेसनमा र ९ जना अस्पताल आईसोलेसनमा रहेको कार्यालय प्रमुख डा.झाले बताए ।

Facebook Comments Box