चैत्र १९,
२०७७,काभ्रे\
बेथानचोक गाउँपालिका उपाध्यक्ष सरिता लामिछानेले आज(बिहिवार) बेथानचोक-१ नम्बर वडा कार्यालयमा मंगलवार बाट सुरु गरिएको रास्ट्रिय परिचयपत्रका लागि विवरण संकलन तथा पहिचान कार्यक्रमको अबलोकन गर्नुभएको हो ।

न्यायीक समिती संयोजक समेत रहेकी उपाध्यक्ष लामिछानेले न्यायीक समितिको आयोजनामा च्याम्राङ्बेशिमा संचालित अभिमुखिकरण कार्यक्रममा बोल्दै मेलमिलाप र सहकार्यबाट मात्रै समाज रुपान्तरण र बिकास संभब रहेको भन्दै सबै एकजुट भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

न्यायीक समितिको एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेपछि उपाध्यक्षले वडामा संचालित रास्ट्रिय परिचयपत्रका लागि बिबरण संकलन कार्यको अबलोकन गर्नुहुदै सबै वडाका नागरिकहरु यो अभियानमा नछुटिने गरि प्रचार गरिएको र जिम्मेवार भएर काम गर्न कार्यक्रममा खटिएका कर्मचारीहरुलाइ निर्देशन समेत दिनुभयो ।

रास्ट्रिय परिचयपत्रको कार्यक्रम यहि १७ गतेदेखि सुरु भइ दुइसाता सम्म चल्नेछ । रास्ट्रिय परिचयपत्रको कार्यक्रम मंगलबारबाट सबै वडामा एकैपटक सुरु गरिएको र २ सातामा सम्पन्न हुने गाउँपालिका सूचना अधिकारी इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

Facebook Comments Box