रोशी सहकर्मी–मंङसिर ०७,
पनौती/

एघार बर्ष अगाडीदेखि पनौतीको मानेदोभान बचत तथा ऋण सहकारी संस्था लि. ले थालनी गरेको रेन्बो ट्राउट माछा पालन व्यवसाय सञ्चालनमा आएको छ । पनौती नगरपालिका–१ रयाले मानेदोभानमा ट्राउट माछा पालन व्यवसायबाट मनग्य आम्दामि हुने गरेको किसानहरु बताउँछन् ।
माछा पालक किसानका अनुसार बार्षिक साँढे दुई टन उत्पादन हुने गरेको छ । पाँच टन जतिको माग आउने गरेता पनि पालेको माछाले लगभग ५ महिना जति मात्रै धान्ने भएकाले बाँकी अपुग बाहिरबाट पूर्ति गर्ने गरेको उनिहरु बताउछन् । ६ वटा पोखरीमा माछा पालन गर्दै आएका त्यहाँ बार्षिक साँढे दुई टन उत्पादन गर्ने गरेको छ । प्र्रतिकेजी १ हजार ३ सयका दरल एक हप्तामा ७० देखि ८० किलो विक्री हुने गरेको माछा मासिक साँढे तीन सय देखि चार सय किलोसम्म बेच्ने गरेका छन् ।
पहिले पहिले काठमाडौ लगायतका होटलहरुमा लाने गरेकोमा अहिले पसलमानै लिन आउनेको भिड बढेको छ । माछा पालनका लागि आवश्यक पर्ने माछाका भुराहरु नुवाकोट, मेलम्ची र ललितपुरको ठोस्ने खोलाबाट ल्याएर मानेदोभानमा पाल्ने गरेका छन् र सो जातको माछा चिसो ठाउँ, मुलको सफा पानीमा फस्टाउने गरेको माछा पालक किसान बताउँछन् ।

Facebook Comments