यश कुमार परियार-चैत्र २२,
२०७७,काभ्रे/

जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर १ र २ का १ सय बढि नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् । शनिबार साविक गोकुले गाविसद्वारा आयोजित बृहत आमसभामा एमाले, माओवादी केन्द्रका १ सय भन्दा धेरै कांग्रेस पार्टी प्रवेश गरेको प्रतिनिधि सभा क्षेत्र नं १ (क) का सभापति राम योञ्जनले जानकारी दिए ।

कार्यक्रममा चन्द्र मान जिम्बा, तारा बहादुर राना र बाबु लाल जिम्बाको नेतृत्वमा नेकपा एमाले लगाएत विभिन्न पार्टी परित्याग गरि कांग्रेस प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अथिति नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एवम श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख शिव प्रसाद हुमागाँई, बिशिस्ट अथिती संविधानसभा सदस्य तिर्थ लामा, जिल्ला सचीव दिनेश लामा, नेपाली कांग्रेस प्रदेश सभा १ (क) का पुर्व उम्मेदवार चन्द्रबहादुर लामा, प्रतिनिधि सभा क्षेत्र नं १ (क) का सभापति राम योञ्जन, नेपाली कांग्रेस तरुण बागमती प्रदेश उपसंयोजक तथा तरुण दल काभ्रेका सभापति धावा लामाले स्वागत गरेका थिए ।

पछिल्लो समय कम्युनिष्टको कसली रंग देखिन थालेपछि रुष्ट बनेका नेपाली जनता कांग्रेप्रति धेरै आस्था रहेको बताउँछन् । कम्युनिष्टहरुको जस्तो स्वार्थमा भिजेको पार्टी कांग्रेस नभई जन्मँदा जे पार्टीको नाम थियो, अन्त्य सम्म पनि कांग्रेसनै हुने नव प्रवेशीहरुले बताए । उक्त कार्यक्रममा दोहोरी गायिका अमृता लुङेली, सेलो गायक बिशाल काल्तान, गायिका जितु लोप्चन र सिर्जना स्याङतान साथै स्थानिय कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए ।

विगत तीन बर्षदेखि दुई तिहाईको सरकारले गरिब जनता र देशको लागी कुनै उपलब्धि नदिएको कम्युनिस्ट सरकारको कार्यशैली, ब्यवहार देखेर आम नेपाली जनताहरु कम्युनिस्ट सरकार प्रति अक्रान्त र आजित भएको बेला कम्युनिस्ट पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नेको लहर देशभर चलेको छ ।

Facebook Comments Box