यश कुमार परियार–चैत्र २२,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका वडा नं १ खहरेपाँगुमा १० बेडको अस्पताल बनाउन ठेक्का सम्झौता भएको छ । बुधबार गाउँपालिकाका अध्यक्ष डि.बि. लामा, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहाल, वडा नं ७ का अध्यक्ष पोष्टराज गौतम उपस्थितिमा निर्माण कम्पनीका प्रतिनिधि र गाउँपालिका बिच सम्झौता भएको हो ।

अस्पताल निर्माणको जिम्मा सगुन धुलिखेल जेभीले प्राप्त गरेको छ । उसले ६ करोड ५ लाख ८६ हजार लागतमा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिए । उनका अनुसार अस्पताल बनिसक्दा ११ करोड ५६ लाख ३ हजार ७ सय लागत लाग्ने अनुमान गरिएको छ ।

कोही पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य सहित सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सरकारको योजनाअन्तर्गत गत मंसिर १५ गते अस्पताल नभएका स्थानीय तहहरूमा प्रधानमन्त्रि के.पी. शर्मा ओलीले एकैपटक अस्पताल शिलान्यास गरेका थिए । सोहि अनुसार काभ्रेका पाँच स्थानिय तहमा धुलीखेल नगरपालिकामा १५ बेडको र अन्य रोशी, भुम्लु महाभारत र खानीखोला गाउँपालिकामा १०/१० बेडको अस्पताल बनाउन स्वास्थ्य मन्त्रालयले बजेट बिनियोजन गरेको थियो ।

सम्बन्धित समाचार:

काभ्रेमा तीन अस्पतालको शिलान्यास, दुईको हुन सकेन

Facebook Comments Box