चैत्र २२,
२०७७,काभ्रे/

जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ४ र ६ मा कोभिड–१९ को महामारीबाट जिबिकोपार्जन गर्न कठिन घर परिवारहरुलाई ADRF नेपाल संस्थाले चामल लगाएतका खाद्य सामाग्री बितरण गरेको छ । ADRF नेपालका परियोजना संयोजक प्रकाश तामाङ, बेथानचोक गाउँपालिका उपाध्यक्ष सरिता लामिछानेको नेतृत्वमा र वडा नं ६ का अध्यक्ष बिष्णु तामाङको उपस्थितिमा शनिबार एक कार्यक्रमका बिच वडा नं ४ र ६ का करीब १ सय ५० घर धुरीलाई राहत वितरण गरिएको हो ।
कोभिड–१९ को महामारीमा रोजगार गुमाएका, गरिब किसान, मजदुर र बिपन्न घरपरिवारलाई खाद्य सामाग्री बितरण गरिएको संस्थाका परियोजना संयोजक प्रकाश तामाङले जानकारी दिए । ADRF नेपाल संस्थाले कोभिड–१९ को महामारीपछि शिक्षा, स्वास्थ, बालबालिकाको क्षेत्रमा सहयोग गर्ने हेतुले सहयोग कार्यक्रमहरु चलाउदै आएको उनले बताए ।
राहत सामग्री बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता लामिछानेले ADRF संस्थाले गर्दै आएको सहयोगि कामहरूको प्रशंसा गर्दै गाउँपालिकाको तर्फबाट धन्यवाद दिईन् । यस्तै वडा अध्यक्ष बिष्णु तामाङले वास्तविक कोभिड–१९ बाट गरिबिमा धकेलिएका घरपरिवार पहिचान गरि राहत सामाग्री बितरण गर्ने संस्थाको कार्यको प्रशंसा गरेका थिए ।

Facebook Comments Box