रोशी सहकर्मी–मंङसिर ०८,
काभ्रे/

काभ्रेका बेथानचोक गाउँपालिका वडा नं ३ च्याल्टीमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । बिद्युत प्राधिकरण बितरण केन्द्र काभ्रेको लापरबाहीको कारण बेथानचोक ३ च्याल्टीका चेतनाथ पौडेलको शनिबार दिउसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । हिजो बिहान मात्र बिजुलीको पोल ढलेको फोटो हाल्दै “समृद्धि हाम्रै पालामा छ, अगाडी देखि नै प्राधिकरणलाई जानकारी गराउदा गराउदै पनि ठूलो दुर्घटना हुन बाट जोगियो” भन्दै फेसबुकमा स्टाटस लेखेका उनि केहि घण्टामै करेन्ट लागेर मृत्यु भएको हो ।
बेथानचोक गाँउपालिका वडा नं ३ का वडा अध्यक्ष दिल बहादुर श्रेष्ठका अनुसार शुक्रबार बाटोमा बिजुलीको पोल लडिरहेको भनेर स्थानीयले खबर गर्ना साथ नेपाल बिद्युत प्राधिकरण काभ्रे बितरण केन्द्र बनेपा र ढुङखर्क शाखाका सुनिल शाहलाई तत्काल जानकारी गरिएको तर त्यस बिषयमा प्राधिकरणले वेवास्ता गरेका कारण दुद्र्धटना भएको बताए । पछिल्लो समय काभ्रेमा बिद्युत बितरण केन्द्र र शाखाहरुमा बस्ने कर्मचारीहरुको लार्पबहीको कारण करेन्ट लागेर मृत्यु हुनेको संख्या थपिदै गएको छ । केहि महिना अघि मात्र नमोबुद्धको दाप्चामा र नमोबुद्धकै एक क्रसरमा समेत बिद्युत प्राधिकरणको कर्मचारीको कमजोरीका कारण दुई जनाको करेन्ट लागेर मृत्यु भएको थियो ।
बनेपा बितरण केन्द्रको कार्यलयमै गएर बषौँ अगाडि हालिएको काठको पोलहरु मक्किएर कुनै पनि दिन ढलेर मानविया क्षति हुन्छ भनेर जानकारी गराउदा समेत कार्यलय प्रमुख रञ्जनराज गुरुङले बेवास्ता गरेको र भेट्न मुस्किल हुने गरेको श्रेष्ठको भनाई छ । काभ्रे बितरण केन्द्र प्रमुखको रुपमा आएका गुरुङ कार्यलय समयमा बाहिर हुने, काठमाण्डौबाट नै आउजाउ गर्ने कारण जिल्लामै नबस्ने कार्यलयका कर्मचारीहरु बताउँछन् । उनि आए संगै पछिल्लो समयमा बिद्युत बितरण केन्द्रका कर्मचारीहरु सेवाग्रहीहरु संग समेत नटेर्ने गरेको स्थानियहरु बताउछन् । हाकिम लोसे काठमाडौ बस्ने भएपछि केहि कर्मचारीको हलिमुली चलेको कर्मचारी भित्रै केहि महिना अघि हल्ला समेत चलेको थियो ।

Facebook Comments