चैत्र २३,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिका वडा नं ७ मा बन्न लागेको गाउँपालिकाको प्रशासनिक भवनको ठेक्का सम्झौता भएको छ ।

आईतबार रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामा, प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालको उपस्थितिमा गाउँपालका र निर्माण व्यवसायी बिच सम्झौता भएको हो ।

भवन निर्माणको जिम्मा ड्रिम वे कन्सट्रक्सन प्रा.लि.ले पाएको छ । उक्त कम्पनीले पहिलो चरणको काम गर्ने प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले जानकारी दिए ।

उनले भवन बन्न डिपिआरको अनुसार ९ करोड बराबर लागत लाग्ने अनुमान गरिएको बताए ।

Facebook Comments Box