चैत्र २३,
२०७७,काभ्रे/

रोशी गाउँपालिकाले पालिकामा रहेका सामुदायिक माध्यमिक विद्यालयको निमित्त आयोजित निबन्ध प्रतियोगिताको समय सिमा थप गरेको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत एवं शिक्षा शाखा प्रमुख राम बहादुर तामाङले आज एक सुचना जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

गाउँपालिकाले ‘म रक्तदान गर्नेछु’ भन्ने शीर्षकमा निबन्ध लेखि यहि चैत्र २० गते सम्म पालिकाको शिक्षा शाखामा पेस गर्न भनेको थियो । तर वातावरण प्रदुषणका कारण चैत्र १७ गते देखि २० गते सम्म बिद्यालय बन्द भएका कारण उक्त मिति सारेर चैत्र २६ गते पुर्याइएको सुचनामा उल्लेख गरिएको छ ।

Facebook Comments Box