रोशी सहकर्मी–मंङसिर ०९,
बनेपा–१२,

जिल्लाको बनेपा स्थित बासडोलमा ज्याङछ््यूप छ््योर्तेन(स्तूप) निर्माण सम्पन्न भएको छ । बनेपा नगरपालिका वडा नं १२ बासडोलमा रहेको छ््योर्तेनको कालेश्वर गुम्बाका प्रमुख एवं रिन्पोक्षे गेशे निमा तामाङले आइतबार विहान विधिवत रुपमा पूजा गरेका छन् ।
आफ्नो व्यक्तिगत खर्चमा ठूलो तामाङ वस्तीका युवा समाजसेवी कृष्ण लामाले निर्माण गरेका छ््योर्तेन ३० लाख रुपैँया लागतमा बनेको उनले बताए । एक पटक छ््योर्तेनको परिक्रमा गर्दा १६ सय पल्ट परिक्रमा गरे बराबरको फल पाइने लामा गुरुको भनाई उद्धृत गर्दै उनले भने, ‘बुद्धवचनहरुमा स्तूप निर्माण गर्ने, जीर्णोद्धार गर्ने, परिक्रमा गर्ने, देख्न, छुने, सुन्ने–सुनाउने, सम्झना गर्ने र पूजा अर्पण गर्ने सबैलाई ठूलो पुण्य हुन्छ भन्ने उल्लेख छ । ‘सबैबाट सहयोग र प्रेरणा पाएको हुँदा तीन महिनाकै अवधिमा छ््योर्तेनको निर्माण सम्पन्न गरी धर्मगरु रिन्पोक्षेबाट प्राण प्रतिष्ठा गराउन सकेँ । मेरो जीवनको ठूलो इच्छा पुरा भयो’, लामाले भने ।
जग्गा विकास, पहुँचमार्ग, स्तूपको निर्माण, स्तूपभित्र राखिने सबै सामग्रीहरुका लागि हालसम्म ३० लाख रुपैंया खर्च भएको उहाँको भनाई छ । साँगा बासडोल हुँदै पनौती निस्कने पदयात्रीहरुलाई यसले थप आकर्षित बनाउने छ । साथै बौद्धमार्गी श्रद्धालुहरु ध्यान गर्न समेत हुनेछ’, लामाले भने । प्राणप्रतिष्ठाका लागि सल्मीटार, रयाले, शंखुबाट लामा गुरुहरु बासडोल आएका थिए ।
प्राणप्रतिष्ठा पूजा सम्पन्न भएलगत्तै नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर बासडोलको तामाङ गाउँलाई ग्राम पर्यटनस्थलको रुपमा विकास गरिने घोषणा गरिएको थियो । यसका लागि आगामी पुसको मध्यतिर सोही स्थानमा नेपाली र मातृभाषाका साहित्यकारहरुको उपस्थितिमा ‘बासडोलका तामाङहरु’ नामक अनुसन्धानमूलक किताब प्रकाशन गर्न लागिएको अनुसन्धानकर्ता रबिन्द्रकुमार सिंह लामाले जानकारी दिएका छन् ।
सो अवसरमा नेपाल सरकारका पूर्व सचिव धनबहादुर तामाङ, बनेपा–१२ का वडाध्यक्ष रामबहादुर कुँवर, नेपाली सेनाका (अप्रा) कर्णेल शिवप्रताप कार्की, तत्कालीन महेन्द्रज्योति गाविसका उपाध्यक्ष सुरथबहादुर केसी, रासस काभ्रेका प्रमुख राजकुमार पराजुली लगायत बनेपा र आसपासबाट सयौं श्रद्धालुहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box