चैत्र २४,
२०७७,काभ्रे/

जिल्लाको चौंरीदेउराली गाउँपालिकामा राष्ट्रिय परिचय पत्रको विवरण संकलन सम्बन्धिस्थानीय तहसँग समन्वय र सहकार्य अभियान सम्बन्धि अन्तर्क्रिया भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा अभियानको लागि प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका प्रहरी प्रमुखहरु सहितको टोली पुगेका थिए ।

कार्यक्रममा राष्ट्रिय परिचय पत्र र यसको महत्वकाबारेमा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले सहजीकरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले सुसासन र पारदर्शीको लागि राज्यले राष्ट्रिय परिचयपत्रको अवधारणा ल्याएको बताए । नागरिकता प्रमाणपत्र विस्थापित हुनेबताउँदै पोखरेलले नागरिकताको काम पासपोर्ट बनाउन र मताधिकार प्रयोग गर्न मात्र उपयोगी हुने बताए । उनका अनुसार ३ वर्ष भित्र २ करोड नेपाली नागरिकको विवरण राष्ट्रिय परिचय व्यबस्थापन सूचना प्रणालीमा प्रबिष्ट गरी सेवा सुबिधामा आवद्ध गराउने लक्ष्य रहेको बताए ।

त्यसैगरि कार्यक्रमको अध्यक्षता गरिरहेका गाउँपालिका अध्यक्ष दिननाथ गौतमले राज्यले नयाँ खालको सिस्टमलाई जन्तासँग जोड्न खोजेको बताउँदै निर्धारित समय भित्र कार्य सम्पन्न गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

Facebook Comments Box